दाङमा हाइसले मोटरसाइकललाई ठक्कर दिदा एक बालकको मृत्यु, आमा बुबा घाइते – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा हाइसले मोटरसाइकललाई ठक्कर दिदा एक बालकको मृत्यु, आमा बुबा घाइते

    मा प्रकाशित

कनिका खबर
बैशाख ७, दाङ ।
दाङमा हाइसले मोटरसाईकललाई ठक्कर दिदा एक बालकको मृत्यु भएको छ भने आमा–बुबा घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी ८ वर्षका बालक स्पर्श आचार्यको मृत्य भएको हो ।

मृतक बालकका बुवा ३९ वर्षका सुदिप आचार्य र आमा २८ वर्षकी पार्वता आचार्य घाइते हुनुभएको छ । पश्चिम दाङको सितापुरबाट तुलसीपुर आउँदै गरेको रा ५ प ५६०४ नम्बरको मोटरसाईकललाई तुलसीपुरबाट हापुरे जाँदै गरेको भे१ज १००२ नम्बरको हाइसले बबई गाउँपालिका–६ पञ्चकुलेको ओरालोमा ठक्कर दिदा दुर्घटना भएको थियो ।  घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको  प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्