कोरोनाको कारण दाङका थप १ जनाको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोनाको कारण दाङका थप १ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
बैशाख ७, दाङ ।
कोरोनाका कारण दाङका थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी दामोदर अधिकारी रहेका छन् ।
केही हप्ता पहिले टाइफाइड देखिएपछि उपचाररत अधिकारीको पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । गत चैत २७ गते उनको पिसिआर रिपार्टमा कोरोना पोजेटिभ देखिएपछि उनी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत थिए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि पछिल्लो अवस्थामा उनको काठमाडौँमा उपचार भइरहेको थियो । उपचारको क्रममा उनको मंगलबार बेलुका ९ः३५ बजे निधन भएको हो । उनी पत्रकारितामा आवद्ध थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्