त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि नेपाललाई – Kanika Khabar
Friday, March 29Nepali News Portal

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि नेपाललाई

    मा प्रकाशित

बैशाख ११, काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि जितेको छ । नेदरल्यान्डसलाई कीर्तिमानी एक सय ४३ रनले हराउँदै नेपालले करिव ११ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेटका उपाधि जित्न सफल भएको छ ।

कीर्तिपुर स्थित टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा विकेट गुमाउँदै दुई सय रन बनायो । नेपालले सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो । जुन त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर थियो ।

जवाफमा नेदरल्यान्ड १७ ओभर एक बलमा मात्र ९६ रनमा अल आउट भयो । नेपालले टी २० अन्तराष्ट्रियमा निकालेको यो जित रनका आधारमा अहिलेसम्मकै ठूलो हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्