सबै तहका परीक्षा स्थगन गर्न सिफारिस – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सबै तहका परीक्षा स्थगन गर्न सिफारिस

    मा प्रकाशित

बैशाख १२, दाङ ।

पछिल्लो चरणमा तीव रूपमा काेराेना भाइरस संक्रमणको जोखिम बढ्दै जान थालेपछि  सबै तहका परीक्षा स्थगन गर्न सिफारिस गरिएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको हो ।

भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै सिफारिस गरिएको सीसीएमसीको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

त्यसैगरी बैठकले भोलिदेखि शुरु हुने विद्यालय तहका सबै परीक्षा पनि स्थगित गर्न सिफारिस गरेको उनले बताए ।

बैठकले लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ । बैठकले सक्रिय संक्रमितको संख्या ५०० पुगेमा सीडीओले नै निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्