कविता : धरहरा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कविता : धरहरा

    मा प्रकाशित

कविता

धरहरा
सुमि ना

भुईमान्छेहरूको दुई छाक रोजिरोटीसँग
सरोकारविहीन भएर
महत्वाकांक्षी शासकहरूको
बीभत्स अभिमानको सान बोकेर
अरबौँको लागतमा
राजधानिको सडकमा
मदमत्त ठिङ्ग उभिएको छ धरहरा ..!

अब सिलसिलेवार शासकहरूले
उचाइबाट नियाल्नेछन् जमिन
र खुब अट्टहास हाँस्नेछन् जनसमूहको संघर्षमाथी
हेर ! यी स-साना कमिलाहरू
कसरी जमिनमा लडिबुडी खेलिरहेका छन् …

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्