धरान उपमहानगरपालिकाले ५ कक्षाभन्दा माथि परीक्षा लिने – Kanika Khabar
Friday, March 29Nepali News Portal

धरान उपमहानगरपालिकाले ५ कक्षाभन्दा माथि परीक्षा लिने

    मा प्रकाशित

बैशाख १३, धरान ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाले बैशाख१८ गतेभित्र सक्ने गरी कक्षा ५ देखिमाथिका सबै कक्षाको मुख्य ५ विषयको परीक्षा लिने नगर क्षेत्रका विद्यालयलाई सुझाव दिएको छ ।

उपमहानगरपालिकाले आज सोमबार विज्ञप्ति जारी गर्दै कक्षा ५ देखि माथिका कक्षाको नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा लिने जनाएको हो । परीक्षा सञ्चालन गर्दा विद्यालयहरुले स्वास्थ्य सुरक्षालाई पनि कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ ।

त्यस्तै कक्षा ५ भन्दा तल्ला कक्षामा भने सबै विषयको नतिजा आन्तरिक मूल्यांकनका आधारमा गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शैक्षिक संस्थाहरुमा परीक्षा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने पनि उपमहानगरपालिकाले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्