हत्यारा श्रीमानकाे बयान : श्रीमतीको चरित्र ठिक थिएन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

हत्यारा श्रीमानकाे बयान : श्रीमतीको चरित्र ठिक थिएन

    मा प्रकाशित

तुलसीपुर, बैशाख १५ ।

श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गर्ने ब्यक्तिले चरित्रका कारण आफुले श्रीमतीको हत्या गरेको दाबी प्रहरी समक्ष गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैंका २६ बर्षीय पदम पोखरेलले ढुंगा प्रहार गरी मंगलबार  २५ बर्षीया श्रीमती बिपना रेग्मीको हत्या गरेका थिए ।

श्रीमतीको हत्यापछि फरार रहेका उनलाई प्रहरीले राति १२ बजेतिर तुलसीपुरको ग्वारखोलाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका पदमले आफ्नी श्रीमतीको चरित्रका कारण आफूू आबेगमा आएर हत्या गरेको प्रहरी समक्ष बयान गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंह बताए ।

‘ पक्राउ परे लगतै ती व्यक्तिले श्रीमतीको चरित्रमाथि दोषारोपन गर्न खोजेका छन् ,’ डिएसपी सिंहले भने ‘ घटनाबारे बिस्तृत रुपमा अनुसन्धान हुन बाँकी छ ।’

पदम केही दिन अघि मात्रै कतारबाट घर फर्किएका थिए ।

पदमका अनुसार उनकी हत्या गरिएकी श्रीमतिले तुलसीपुरको बस पार्कस्थित एक होटेलमा काम गर्दै आएकी थिइन ।

त्यो कुरा पदमलाई मन परेको थिएन । उनले बिदेशबाट समेत होटेलमा काम नगर्न आग्रह गर्दै आएको तर श्रीमतिले नमानेको भन्ने कुरा पदमले प्रहरी समक्ष गरेको डिएसपी सिंहले बताए ।

‘ घटना भएको दिनपनि आफ्नी श्रीमतिलाई छोड्न रातिमा एउटा स्कुटर आएको र त्यो स्कुटरमा आउने युवासंग बाटोमै उनीहरुले चुम्मा खाएको आफुले देखेको दाबी पदमको छ,’ डिएसपी सिंहले भने ‘ त्यही कारण डेरा तर्फ गइरहेका पदम र उनकी श्रीमतिको बाटोमै बिबाद भइ घटना हुन गएको भन्ने उनको दाबी छ ।’

 

घटना भन्दा दूई दिन अगाडि यस्तै कुराको बिबाद पछि पदम घरबाट निस्किएर गएका थिए । ‘ सानी छोरीको धेरै याद आयो अनि श्रीमतिलाई संझाई बुझाई गर्छु भनेर म घर फर्किरहेको थिए,’ पदमको भनाई उद्धत गर्दै डिएसपी सिंहले भने ‘ मैले श्रीमतिको बारेमा अरुबाट थुप्रै कुरा सुनेको भएपनि आफैले अर्कौ पुरुषको अंगालोमा देखेपछि संहाल्न सकिन र संझाउन खोज्दा उस्ले उल्टै बिबाद सुरु गरेपछि घटना हुन गयो हो ।’

 

श्रीमान श्रीमति बीच बाटोमै बिबाद भएपछि आवेगमा आएर सुरुमा श्रीमति बिपनाले श्रीमान पदमलाई सडकको ढुंगा टिपेर प्रहार गरेको भएपनि उनलाई नलागेको र त्यसपछि आफुले पनि सडकै ढुंगा उठाएर आक्रमण गरेको भन्ने दाबी गरेको डिएसपी सिंहले बताए ।

बिदेशबाट घर फर्किएपछि पदमले एक हप्ता अगाडि मात्रै श्रीमतिको आग्रहमा श्रींगैमा कोठा भाडामा लिएर बस्न थालेको खुल्न आएको प्रहरीले बताएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र हत्या अभियुक्त पदमलाई ज्यान मुद्दा चलाएर कारवाही सुरु हुने प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्