आईसीसी टी – २० वरीयतामा कुशल भुर्तेल ६१ औं स्थानमा – Kanika Khabar
Thursday, April 18Nepali News Portal

आईसीसी टी – २० वरीयतामा कुशल भुर्तेल ६१ औं स्थानमा

    मा प्रकाशित

बैशाख १५, काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी – २० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुग्नुभएको छ ।

आईसीसीले आज अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुग्नुभएको हो । यसअघि उहाँ पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा हुनुहुन्थ्यो ।

नेपालमै भएको त्रिकोणात्मक टी – २० सिरिजमा डेब्यु गर्दै उत्कृष्ट ब्याटिङ गरेपछि भुर्तेल वरीयतामा समावेश हुनुभएको थियो । सिरिजको उपाधि नेपालले जित्दा सर्वाधिक २ सय ७८ रन बनाउनुभएका उहाँले वरीयतामा धेरै स्थान सुधार गर्नुभएको हो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा हुनुहुन्छ भने उपकप्तान दीपेन्द्र सिंह ऐरी १ सय८ औं स्थानमा हुनुहुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्