सरकारको निर्णय विपरीत परीक्षा सञ्चालन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सरकारको निर्णय विपरीत परीक्षा सञ्चालन

    मा प्रकाशित

रुकुम पूर्व १७-वैशाख/

नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणदर बढिरहेको बेला विद्यार्थीहरुको स्वास्थ्यलाई बेवास्ता गर्दै रुकुम पूर्वको एक गाउँपालिकाले विद्यालयहरुमा परीक्षा सञ्चालन गरिरहेको छ ।नेपाल सरकार र जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्देशनको अवज्ञा गर्दै सिस्ने गाउँपालिकाले पालिकाभरका १० ओटा विद्यालयमा कक्षा १० को परीक्षा सञ्चालन गरिरहेको छ ।

सिस्ने गाउँपालिकामा रहेका ९ वडा सामुदायिक र १ ओटा संस्थागत विद्यालयमा हिजोबाट कक्षा १० को परीक्षा सुरु भएको सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिए । सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उनको दाबी छ । कक्षा १ देखि ९ सम्मको परीक्षा आउँदो २२ गतेदेखि सुरु गरिने निर्णय भएको शिक्षा शाखा प्रमुख बुढाले बताए । परीक्षा दिन आएका विद्यार्थीहरुले उपस्थित नभएमा फेल भइने डरले बाध्य भएर परीक्षा दिन जानु परेको प्रतिक्रिया दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्