घाेराही उपमहानगरपालिका मेयरलाई अधिकारीकाे खुला पत्र – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घाेराही उपमहानगरपालिका मेयरलाई अधिकारीकाे खुला पत्र

    मा प्रकाशित

आदरणीय प्रमुख ज्यू!
घोराही उपमहानगर पालिका
दाङ ।

म घोराही उपमहनगर पालिकाको बासिन्दा,
म एउटा सामान्य नागरिकले तपाईंहरूलाई सुझाब दिने हैसियत त राख्दैन तर पनि मेरो अनुभव यहाँहरु समक्ष सेयर गर्न चाहान्छु।
हामी हरेक पेसा ब्यबसाय गर्ने आम म जस्तै नागरिकहरू पोहोर सालको कोरोनाले थला परेर जेनतेन उठ्न खोजिरहेको अबस्थामा फेरि कोरोना महामारीले बाहिर निस्कन समेत बन्द भयौं।
आफ्ना इष्टमित्रहरू अकालमै गुमाइरहेको पीडा म यहाँलाई पोख्न सकिरहेको छैन।
पोहोर साल माहमारीबाट हामीले के सिक्यौ? कमसेकम हामीले हरेक वडाका स्वास्थ्य चौकीहरू ब्यबस्थित त गर्न सक्थ्यौ नि हैन ? बाहिरबाट आउनुभएका नागरिकहरूलाई होल्डिङ सेन्टर बनाउन नसक्नु प्रमुख कमजोरी भयो।
हरेक स्वास्थ्य चौकीमा रहेका कर्मचारी हरूलाई राखेर हरेक वडामा आइसोलेसन वार्ड बनाउन किन सकेनौ?
हरेक दिन अक्सिजन नपाएर बिरामी छटपटाएको देखिरहेका छौं तर हामीले खाली भएका अक्सिजन सिलिन्डर नगरपालिकाको टिपरमा लोड गरेर भैरहवा वा अन्य ठुलो अक्सिजनप्लान्टमा पुर्यायर भरेर ल्याउन किन सकेनौ?
तपाइको नगरपालिकामा रहेका एम्बुलेन्सहरू चुस्त दुरूस्त राखेर १९ वटै वडामा दौडाउन केले रोक्यो?
हामीसँग कर्मचारी छन् टेलिफोन नम्बरछन कम्तिमा २/२ जना कर्मचारी राखेर नागरिक सहायता कक्ष राखेर आपतकालीन सेवा दिन किन सकेनौं?
राप्ती बिज्ञान प्रतिष्ठानमा आई सि यु उद्घाटन भयो तर चलेको छैन आइ सि यु नहुदा दैनिक हेलिकप्टरबाट काठमाडौ बिरामी बोकेको बोक्यै छ। पैसा नहुनेले हेलिकप्टर चार्टर गर्न सक्दैन। सक्नेले पनि काठमाडाैँ समेत बेड अभाब छ। अब जति सक्दो छिटो यहाँको आइ सि यु चलाउन पहल गर्नुहोस्।
बजारको नजिक रहेका स्कुल कलेजमा अक्सिजन सहित आईसोलेसन वार्ड बनाउन पहल गर्नुस अब झन तपाईं हाम्रो जीवन कष्टकर बन्दैछ। बजेट रकमान्तरण गर्नुहाेस् ।

विकास बाँचे गरौँला। बिकासे बजेट पार्क जस्ता नाममा आएको बजेट सबै स्वास्थ्यमा लगाउनुहोस्।
अब हरेक दिन तपाईंं हाम्रा इष्टमित्र तड्पिरहदा अक्सिजन नपाएर छट्पटाइरहदा तपाईं जनप्रतिनिधिहरू यसरी चुपचाप बस्दा जनप्रतिनिधिको मान सम्मान आशा भरोसा आम नागरिकमा घट्दै जानु स्वाभाविक हो। तपाईंहरू यसरी कर्तवय बाट टाढा हुदा तपाइहरूको मात्र हैन सिंगो ब्बस्थामाथि नै प्रश्न उठ्न थालेको छ।
त्यसैले म फेरि पनि तपाईं लगायत सबै जनप्रतिनिधिहरूलाई आग्रह गर्न चाहन्छु कि हामी सबै आम नागरिक ब्यबसायी संघ संगठन सबै हातेमालो गर्न तयार छौं।
हामी हाम्रो एकछाक मानो काटेर पनि सहयोग गर्न तयार छौ। तपाईहरूसँग हातमा हात मिलाएर सँगै हिँड्न तयार छौं।
कृपया अगाडि बढ्नुस हामी आम जनसमुदायको अभिभाबकत्व तपाई लगायत उप प्रमुखज्यू, वडाध्यक्षज्यूहरू र सबै वडा सदस्य ज्यूहरूले गरिदिनुस।

कृपया यसलाई अन्यथा नमानी एउटा सामान्य नागरिकको रोदन सम्झेर कार्यान्वयनमा अग्रसर हुनुहुनेछ भन्ने बिश्वास गर्दछु।
धन्यबाद।

शिशिर अधिकारी
घोराही १५
दाङ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्