कोरोना कहर : रेम्डेसिभर औषधिमा चरम कालोबजारी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना कहर : रेम्डेसिभर औषधिमा चरम कालोबजारी

    मा प्रकाशित

बैशाख २१, काठमाडौँ ।

कोरोना जोखिम बढ्दै गइरहेको बेला कोरोना सङ्क्रमितका लागि आवश्यक पर्ने रेम्डेसिभर औषधिमा कालोबजारी छाउन थालेको छ । औषधिमा कालोबजारी भएको जनगुनासो आउन थालेपछि औषधि व्यवस्था विभागले कारवाही गर्ने चेतावनी दिएको हो ।
औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डेसिभर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने बताएको हो ।


विभागका महानिर्देशक भरत भट्टराईले हिजो सोमबार एक सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने बताएका छन् ।

सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डेसिभर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने उनले बताए ।

विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न÷नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ ।

अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डेसिभरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डेसिभरको एक मात्राका लागि करिब ५ हजार पर्छ । काठमाडौमा रेक्डेसिभर औषधि अभाव भएपछि कालोबजारी मौलाएको हो । एक मात्राका लागि ५ हजार पर्ने औषधिलाई २० हजारसम्ममा बेच्ने गरिएको पाइएको छ । औषधिमा कालोबजारी हुन थालेपछि विभागले सचेत गराएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्