अझै आएन मृत्तक बालकहरूकाे पाेस्टमार्टम रिपोर्ट – Kanika Khabar
Thursday, April 18Nepali News Portal

अझै आएन मृत्तक बालकहरूकाे पाेस्टमार्टम रिपोर्ट

    मा प्रकाशित

दाङ , २१ बैशाख ।

दाङकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले तुलसीपुर ६ गाईडहरका मृतक तिन बालकहरुको गरिएको पोष्ट मार्टम रिपोट आउन बाँकी रहेको बताउनु भएको छ ।

पोष्ट मार्टम रिपोट आउन बाँकी रहेको र अझ केहि समय लाग्ने बताउदै र्डिसपी सिंहले घटनाको थप अनुसन्धान भईरहेको बताउनुभयो । मृतक बालकहरुको गत आईतवार राती राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको पोष्ट मार्टम गृहमा बुटवलबाट आएका चिकित्सकले पोष्ट मार्टम गर्नु भएको थियो ।

गएको बैशाख १६ गते देखी घरबाट बेपत्ता भएका उनीहरु १८ गते साँझ तुलसीपुर ६ गाईडहर देखी दक्षिण स्याउली बजार नजिकै रोकी राखेको भारतीय नम्वर प्लेड भएको गाडी भित्र मृत अवस्थामा फेला परेका थिए ।पिडित पक्षले भने आफना बालकहरुको हत्या नै भएको दावी गदै दोषी पत्ता नलाग्दा सम्म शव नबुझने बताउदै आएका छन् । यद्यपी मृतक बालकको शव आफन्तीको जिम्मा लगाउनका लागी प्रहरीले पिडित पक्ष संग छलफल गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्