वृद्धवृद्धाहरु भन्छन् :बैंङ्किङ प्रणालीमार्फत भत्ता बुझ्नै झन्झटिलो – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

वृद्धवृद्धाहरु भन्छन् :बैंङ्किङ प्रणालीमार्फत भत्ता बुझ्नै झन्झटिलो

    मा प्रकाशित

शिवु खनाल
दाङ, २५ बैशाख ।
घर अगाडिको आँगनमा हिडडुल गर्न धौ–धौ हुन्छ । बल्लतल्ल घर भित्र र बाहिर गर्छु । दमको विरामीले सास फेर्न निकै गाह्रो हुन्छ । ‘गत साउनको महिनाको बाह्रहजार वृद्ध भत्ता बुझे । साउन देखि यता भत्ता बुझेको छैन । उनिहरूले पनि बोलाउदैनन्, राजपुर गाउँपालिका वडा नम्बर ७ भौवमनाका गन्नाखोला गाउँ निवासी ८२ वर्षिय बिर्समाली घर्तीले भन्नुभयो,–। ‘बुढेसकाल लाग्यो । हिडडुल गर्न साह्रै गाह्रो हुन्छ । म जान पनि सक्दैन । गत साउनको महिनामा वृद्ध भत्ता कान्छा छोरासंगै गएर लिएर आएको थिए । अब घर अगाडिको आँगनमा हिड्दा पनि खुट्टा काप्छ ।’
८२ वर्षिय बिर्समाली घर्तीले जंग्रहवा स्थित साइनरेसुङ्गा बैंकमा खाता खोल्नु भएको छ । भौवानाका देखि जंग्रहवा करिब चालीस किलोमिटर दुरी रहेको छ । ‘बैंकमा खाता त खोलियो तर, भत्ता लिन जान सक्ने अवस्था छैन । आज मर्ने होकि भोलि थाहा छैन । दमको विरामी छु । सास फेर्न गाह्रो हुन्छ, उहाँले भन्नुभयो,–। ‘खाता खोल्दा संरक्षक कान्छा छोरालाई राखेको थिए । सबै प्रकृया पु¥याएर बैंकमा भत्ता लिन पठाउदा गाउँपालिका रोक्का गरेको छ । आँगनमा हिड्नै त मुस्किल हुन्छ । कहाँबाट गाउँपालिका जाउ ? दमको उपचार गर्ने भनेको थिए । भत्ता लिन जाउ तागत छैन । गाउँपालिकाले बैंकमा रोक्का गरेको छ । भत्ता घरमै पु¥याइदिएको भए राम्रो हुन्थ्यो । तर, दिदैनन् ।
घर्ती त एउटा उदाहरण मात्रै हो । स्थानीय तहमा जनप्रतिनिधि आउदा पनि वृद्धवृद्धाहरूले वर्षाै देखि यस्ता सास्ती खेप्न परेको छ । प्रायः छोरा छोरीबाट अलग्गै बस्न बाध्य भएका वृद्धहरूले यस्तो समस्या खेप्दै आएका छन् । तर, स्थानीय तहले त्यस्ता वृद्धहरूको सहजताको लागि र घरमै भत्ता पु¥याउन कुनै व्यवस्थापन गरेका पनि छैनन् ।
यता राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले वृद्धाहरु बैंकसम्म पनि भत्ता बुझ्नै जान नसक्ने अवस्था नभएको खण्डमा सम्बन्धीत वडाको सिफारिसमा संरक्षकलाई भत्ता उपलब्ध गराउने वातावरण मिलाउँदै आएको जानकारी दिनुभयो । तर अहिले बैंकले सोही व्यक्ती आएमा मात्रै वृद्धले पाउने भत्ता उपलब्ध गराउने भन्दै संरक्षकलाई रोकेको बताउनुभयो । मैले पनि भर्खरै थाहा पाएको छु । बैंकसंग यो विषयमा समन्वय गर्नेछाँै, अध्यक्ष केसीले भन्नुभयो । साइनरेसुङ्गा बैंक राजपुर शाखा प्रमुख विशाल रिजालले राजपुर गाउँपालिकासंगै सहकार्य गरी वृद्धहरुकै घर–घरमा वृद्ध भत्ता पु¥याउन सक्ने जानकारी दिनुभयो । उहाँले यो विषयमा सम्बन्धीत वडा र गाउँपालिकाको सहकार्यको आवश्यक हुन्छ, भन्नुभयो ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्