नारायणपुर उद्याेग वाणिज्य संघले आइसाेलेसनका लागि भवन उपलब्ध गराउने – Kanika Khabar
Friday, March 29Nepali News Portal

नारायणपुर उद्याेग वाणिज्य संघले आइसाेलेसनका लागि भवन उपलब्ध गराउने

    मा प्रकाशित

बैशाख २६, दाङ ।

नारायणपुर उद्याेग वाणिज्य संघले आइसाेलेसनका लागि संघकाे भवन उपलब्ध गराउने भएकाे छ ।

संघकाे आज आइतबार बसेकाे बैठकले आवश्यक परे संघकाे भवनलाई आइसाेलेसनका लागि उपलब्ध गराउने निर्णय गरेकाे हाे । त्यस्तै आजकाे बैठकले बजारका विभिन्न स्थानमा हात धुने तथा पिउने पानीकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे छ ।

साथै बिहानकाे समयमा बजार क्षेत्रमा देखिएको भीडभाडलाई व्यवस्थापन गर्न पहल गर्ने, नारायणपुरमा अस्थायी काेभिड अस्पतालकाे लागि पहल गर्ने, नारायणपुरमा पिसिआर जाँचकाे व्यवस्थापनमा समन्वय गर्ने निर्णय भएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्