प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती नसच्चाए खनाल र नेपाल समूहका २२ सांसदको सामूहिक राजीनामा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती नसच्चाए खनाल र नेपाल समूहका २२ सांसदको सामूहिक राजीनामा

    मा प्रकाशित

बैशाख २६, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पाटीभित्र गरेका गल्ती नसच्चाए नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामाको तयारी गरेका छन् ।

प्रत्यक्ष निर्वाचित २२ सांसदको सो समूहले सामूहिक राजीनामाका लागि हस्ताक्षर समेत तयारी अवस्थामा राखेको एकजना नेताले सीआईएनसँग बताउनुभयो । प्रधानमन्त्री केपी ओलीले विधि मिच्दै पार्टीमा एकलौटी तवरबाट अघि बढेको ठहर गरेको खनाल–नेपाल समूहले उनलाई सुध्रनका लागि भन्दै अन्तिम मौका दिएको छ ।

आज दिनभरसम्म ओलीले लचकता नदेखाए बेलुकीसम्म सामूहिक राजीनामा बुझाउने तयारी खनाल–नेपाल समूहको छ ।
साबिक नेकपा हुँदा आफूविरूद्ध लागेको समूहलाई किनारा लगाउँदै ओलीले फागुन २७ मा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीसहितका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन तथा खनाल–नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि एमाले विभाजनको संघारमा छ । फागुन २७ को निर्णय सच्चिनु पर्ने खनाल–नेपाल समूहको अडान छ । तर उक्त निर्णय सच्याउन नसकिने ओलीले अडान लिँदै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्