संवैधानिक परिषद्को बैठक जारी – Kanika Khabar
Thursday, April 18Nepali News Portal

संवैधानिक परिषद्को बैठक जारी

    मा प्रकाशित

बैशाख २६, दाङ ।
आज आइतबारका लागि डाकिएको संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी छ ।

परिषदका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आजका लागि बै७क डाकेका थिए । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पनि सहभागी छन् ।

गत मङ्सिर ३० मा अध्यादेशमार्फत गरिएका नियुक्तिकाविरूद्धका मुद्दा प्रधानन्यायाधीश नेतृत्वकै संवैधानिक इजलासमा रहेपछि उनलाई बैठकमा नजान कानूनविदहरूले दबाब दिइरहेका थिए ।

सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकै मुद्दा १७ पटकसम्म स्थगित भइरहँदा प्रधानन्यायाधीश बैठकमा सहभागी हुन नमिल्ने तर्क कानूनविदहरूले गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा भने सहभागी छैनन् ।

परिषद्को अध्यक्षमा प्रधानमन्त्री र सदस्यहरुमा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश तथा प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्