विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री असफल, स्वतः पदमुक्त – Kanika Khabar
Saturday, April 20Nepali News Portal

विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री असफल, स्वतः पदमुक्त

    मा प्रकाशित

मतदानमा सहभागी जम्मा २३२ जना मध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४, र मत दिन्न भन्नेमा १५ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

तत्काल कायम रहेको संख्याको बहुमत नरहेकाले प्रस्ताव अस्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरे ।

एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत नेपाल-खनाल समूहका सांसद मतदानमा अनुपस्थित भएका थिए ।

मतदानअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्