पछिल्लो २४ घण्टामा दाङमा ३सय ९८ जनामा काेराेना पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा ३सय ९८ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

२७ बैशाख,दाङ ।

पछिल्लो २४ घण्टामा दाङमा ३सय ९८ जनामा काेराेना पुष्टि भएकाे छ । जिल्ला  आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

५ सय ५० जनाको स्वाव परिक्षण गर्दा २ सय ११ पुरुष र १ सय ८७ जना महिलामा गरी ३ सय ९८ जना संक्रमण देखिएको केन्द्रले जनाएको छ । बैशाख महिनाको अहिलेसम्म ३ हजार ५ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

केन्द्रका अनुसार आज दाङका ७६ जना निको भएका छन् । बैशाखयता मात्रै जिल्लामा १ हजार ३ सय ३६ जना संक्रमण मुक्त भएका छन् । यो सँगै अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या ४ हजार ८ सय ४ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्