काेराेना कहरमा दाङमा युवाहरूकाे नयाँ अभियान: कोरोना संक्रमितलाई पौष्टिक आहारा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काेराेना कहरमा दाङमा युवाहरूकाे नयाँ अभियान: कोरोना संक्रमितलाई पौष्टिक आहारा

    मा प्रकाशित

देवेन्द्र बस्नेेेत

बैशाख २७, दाङ ।

जिल्लामा रहेका कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने अभियान सुरु भएको छ । घोराहीका युबाहरुले बिभिन्न अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने अभियान सुरु गरेका हुन् । एक दर्जन युवा सम्मिलित यो अभियान अन्तर्गत पहिलो दिन सोमबार जिल्लाको कोरोना बिशेष अस्पताल बेलझुण्डिका बिरामीहरुलाई पौष्टिक आहार हस्तान्तरण गरिएको छ । त्यहाँ रहेका ७७ जना बिरामीहरुलाई अण्डा, चना सहित शुद्ध पिउने पानी (मिनिरल वाटर) हस्तान्तरण गरिएको हो । अभियानमा लागेका युबाहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोद सिंह,अस्पताल बिकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने तथा ब्यवस्थापक दोर्ण ओलीलाई पौष्टिक आहार हस्तान्तरण गरेका हुन् । त्यस क्रममा अस्पताल बिकास समितिका अध्यक्ष न्यौपानेले पौष्टिक आहार खुवाउने अभियानले बिरामीहरुलाई ठूलो राहत पुग्ने बताए । ‘सानो भएपनि यो अतिनै महत्वपूर्ण अभियान हो,बिरामीहरुलाई पौष्टिक आहार मिलेमा पनि रोग संग लड्न सक्ने क्षमता प्रदान हुन्छ,’ उनले भने ‘यो अभियान बिरामीहरुका लागि निकै महत्वपूर्ण छ ।’ अस्पतालका मेसु. डा. सिंह तथा ब्यवस्थापक ओलीले युबाहरुको अभियानले कोरोना संक्रमितहरुलाई राहत मिल्ने भन्दै अभियानको प्रशंशा गरेका थिए ।

अभियानमा लागेका युबाहरुले प्रत्यक दिन यसैगरि कोरोना संक्रमितहरुलाई पौष्टिक आहार उपलब्ध गराउने बताएका छन् । कोरोना संक्रमितहरुलाई पौष्टिक आहारले रोग संग लड्न सक्ने क्षमता प्रदान गर्ने भएकाले मानवीय नाताले पनि यो अभियान थालिएको अभियानका संयोजक सञ्जिब पछाईँले जानकारी दिए । ‘अहिले कोरोनाको महामारीमा हामी सबै आक्रान्त बनेका छौँ, बिरामीहरुलाई अस्पतालहरुमा धेरै असहज परिस्थती छ,’ पछाईँले भने ‘यो महामारीका बेला मानवीय नाताले पनि सानै भएपनि बिरामीहरुलाई सहयोग गरौँ भन्ने उदेश्यका साथ युवाहरु मिलेर यो अभियानको सुरुवात गरेका हौँ ।’ अभियानका आर्थिक संयोजक कुलराज पोखरेलले अभियान प्रत्यक दिन सञ्चालन हुने जानकारी दिए । ‘हामीहरुले पौष्टिक आहार संकलन गरेर बिरामीहरुलाई दिनहुँ रुपमा उपलब्ध गराउने छौँ,’पोखरेलले भने ‘कोरोना संक्रमणका कारण अस्पतालमा थलिएका बिरामीहरुलाई कम्तिमा पनि पौष्टिक आहार मिलोस् भन्ने हाम्रो अभियानको लक्ष हो ।’ सोमबार देखि सुरु भएको यो अभियान बेलझुण्डि अस्पतालबाट प्रारम्भ भएको र जिल्लाका अन्य अस्पताल र आईशालेशनमा रहेका बिरामीहरुलाई पनि यो सहयोग प्रदान गरिने अभियानमा लागेका युबाहरुले बताएका छन् । घरमै रहेका बिरामीहरुलाई समेत पौष्टिक आहार उपलब्ध गराउने लक्ष यो अभियानले लिएको छ । ‘हामीहरुले बेलझुण्डिमा रहेको कोरोना बिशेष अस्पतालबाट यो अभियानको प्रारम्भ गरेका छौँ, यो अभियान जिल्लाका अन्य अस्पताल र आईशोलेशन सम्म पुर्याउने गरि आवश्यक समन्वय गरिरहेका छौँ,’यो अभियानमा लागेका अर्का अभियन्ता निरज गिरीले भने ‘घरमै रहेका बिरामीहरुलाई समेत हामीहरुले यो सहयोग गर्नेछौँ ।’ बिरामीहरुलाई दिनुहुँ अण्डा, चना र शुद्ध पिउने पानी (मिनिरल वाटर)उपलब्ध गराउने गरि अभियान अगाडी बढाउने उनिहरुले बताएका छन् । उनिहरुले चना पकाएर तथा अण्डा उसिनेर बिरामीहरु सम्म पुर्याउने गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्