बहुमतकाे सरकार गठन गर्न राष्ट्रपति आह्वान – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बहुमतकाे सरकार गठन गर्न राष्ट्रपति आह्वान

    मा प्रकाशित

बैशाख २७, दाङ ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वा गरेकी हुन् ।ओलीले विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराए लगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री ओली पदमुक्त भएसँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आह्वान गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्