जसपामा मत विभाजन : भट्टराई सरकारका लागि अभ्यास, ठाकुरद्वारा सरकारमा नजाने विज्ञप्ति – Kanika Khabar
Saturday, April 20Nepali News Portal

जसपामा मत विभाजन : भट्टराई सरकारका लागि अभ्यास, ठाकुरद्वारा सरकारमा नजाने विज्ञप्ति

    मा प्रकाशित

काठमाडौँ, २८ बैशाख ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणमा संलग्न नहुने बताउनु भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव पक्ष) ले नयाँ सरकार गठनका लागि तयारी गरिरहेका बेला जसपाकै अध्यक्ष ठाकुरले भने मध्यराति विज्ञप्ति जारी गर्दै त्यसको विरोध गर्नुभएको हो ।

सोमवार संसदमा पनि जसपाकै डा। बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए।जारी विज्ञप्तिमा पनि ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गर्नुभएको छ । आफ्ना पार्टीले उठाएका मुद्दाबारे उहाँसँग भएका वार्ता सकारात्मक तथा कार्य–प्रगतिसमेत भइरहेकाले आफू अर्को सरकारका पक्षमा नरहेको ठाकुरले उल्लेख गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्