लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

 लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

बुटवल, २८- वैशाख/

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीका ७ जना, कपिलवस्तुका ३ जना, नवलपरासी पश्चिम र प्युठानका एक–एक जनाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । १२ जना मृतक मध्य ११ जना पुरुष र एकजना महिला रहेका छन् ।

उनीहरु मध्य ५ जनाको गएराति १२ बजे यता बिहानसम्म, ४ जनाको सोमबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एक जनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । २४ गते र २६ गते मृत्यु भएका संक्रमितको शव व्यवस्थापन नभएकाले मंगलबार मात्र जानकारीमा आएको डा. गौतमले बताए ।

सूचना प्रविधि क्षेत्रको छुट्टै जनशक्ति नहुँदा बिरामीको उपचारमा खटिनु पर्ने चिकित्सकले नै त्यो जिम्मेवारी निभाउनु पर्दा निकै अप्ठेरो भएको उनको गुनासो छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्