अक्सिजन आपूर्तिको वैकल्पिक व्यवस्था गर्न जरुरी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

अक्सिजन आपूर्तिको वैकल्पिक व्यवस्था गर्न जरुरी

    मा प्रकाशित

बैशाख २८, काठमाडौँ ।
नेपालमा पनि अक्सिजन अभाव हुने चेतावनी अक्सिजन उत्पादक कम्पनीहरूले दिएका छन् । कम्पनीले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो सङ्कट नेपालमा देखापर्ने चेतावनी दिएका हुन् ।
नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको ज्यान गएको तथा अस्पतालका आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरूले आउँदा दिनमा अझै ठूलो समस्या आउने चेतावनी दिएका हुन् ।

बजारमा अक्सिजनको धेरै अभाव भएकाले चौबीसै घण्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको कम्पनीहरुले बताएका हुन् । कम्पनीहरुले अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, उद्योगमा भएका खाली सिलिन्डर उद्योगमा फिर्ता गरेर सर्वसाधारणको जीवन रक्षाका लागि सहयोग गर्न आह्वान गरेका छन् ।

बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव छ । उत्पादक कम्पनीले उत्पादन गरेर भ्याएको अवस्था छैन । चौबीसै घण्टा प्लान्ट चलेको भए पनि वितरण प्रणालीमा आसाध्यै ठूलो चुनौती दिएको छ । कोभिड–१९ सङ्क्रमणको महामारी नियन्त्रणका लागि अक्सिजनको सहज आपूर्तिका लागि सरकारले हदैसम्मका प्रयास र उपाय अपनाउन निजी उद्योगीहरू र सरकारको तर्फबाट सहजीकरण र व्यवस्थापन गर्न जरुरी देखिन्छ । समयमै सबैलाई समेटेर आपूर्ति व्यवस्थापन गर्नु जरुरी देखिन्छ । हाम्रो आकलन र अहिले तीव्र बढेको कोभिड सङ्क्रमणको अवस्थाले हाम्रो उत्पादनले थेग्ला जस्तो लाग्दैन । किनभने देशैभरिबाट अक्सिजनको अभाव, अस्पतालका बिरामीले अक्सिजन पाएनन् भन्ने सूचना प्राप्त भइरहेको छ । यो अवस्थामा सरकारले, उद्योगीहरूले चनाखो भएर, सचेत भएर यसको व्यवस्थापन गर्नु जरुरी देखिएको कम्नीहरुले बताएका छन् ।

अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधारण अहिले आफन्तको उपचारका लागि आफैँ अक्सिजन उत्पादन कम्पनीमा पुग्ने गरेका छन् । सर्वसाधारण अक्सिजनको सिलिन्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालीमा दुई दिनदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विशेषगरी सरकारले सम्बन्धित निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरूलाई परिपत्र जारी गरेपछि सर्वसाधारण उद्योग घेराउमा निस्किएका छन् । मन्त्रालयले अस्पतालबाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराइरहेका बिरामीको आवश्यकतालाई बेवास्ता गरेको भन्दै सर्वसाधारण आक्रोशित भइ अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्