संकटमा यसरी गरौँ अक्सिजन र बेडको व्यवस्थापन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

संकटमा यसरी गरौँ अक्सिजन र बेडको व्यवस्थापन

    मा प्रकाशित

बैशाख २९, दाङ ।
पछिल्लो अवस्थामा अक्सिजनको अभावमा मृत्यु दर बढ्दै जान थालेको छ । त्यसो त बेडको अभावमा समेत विरामीलाई आवश्यक उपचार दिन सकिएको छैन । संकटको अवस्था सिर्जना भएको छ । यस्तो बेला बेड र अक्सिजनको व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा जनीवास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले केही टिप्स दिनुभएको छ ।

नोबेले कोरोना महामारी तीव्र गतिमा बढ्दैछ । सङ्क्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन । यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति सहज बनाउन सिकन्छः

१ हरेक स्वास्थ्य संस्थामा अनिबार्य रुपमा ‘ फिभर क्लिनिक ‘ सञ्चालन गर्ने। हरेक नागरिकले पीसीआर पोजिटिभ आउनेबित्तिकै नजिकको फिभर क्लिनिकमा जाने ।

२ फिभर क्लिनिकमा सामान्य लक्षण देखिएका सङ्क्रमितलाई जाँच गरेर आवश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने । उनीहरु र फिभर क्लिनिकबीच फोन सम्वाद जारी राख्ने ।

मोडेरेट लक्षण अर्थात गाह्रो भएका व्यक्तिलाई आइसोलेसन् केन्द्रमा राख्ने । छातीको एक्सरे / सीटी लगायतका परीक्षण   गर्ने ।

कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने । गम्भीर सङ्क्रमितलाई अस्पतालसँग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने।

३ यी ३ समूहमा जसलाई आइसीयुको आवश्यकता पर्छ, उहाँहरुलाई आईसीयूमा राखेर उपचार गर्ने ।

४ हरेक अस्पतालले कतिवटा बेड खाली छन्, आइसीयूमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन ? यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय, सीसीएमसी, आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने । यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने । सङ्क्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा व्यवस्थापन गर्ने ।

५ समाचार आतङ्कको कारण सामान्य कोभिड भएका सङ्क्रमित डर, चिन्ता तथा पेनिक एट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ। हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको व्यवस्था गर्ने । सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने /गराउने वातावरण निर्माण गर्ने ।

६ कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने / गराउने। अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैँचो नियम अनिवार्य गर्ने ।

७ सङ्क्रमण नफैलिएका जिल्लाको औषधि / उपकरण / जनशक्तिलाई जी वनरक्षाको लागि आवश्यक अस्पतालमा एड्जस्ट गर्ने।

८ सामाजिक संस्था, उद्योगपति, एनआरएनए लगायतका संस्थाले जति सकिन्छ अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने वातावरण निर्माण गर्ने।

९ जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने। सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने।

१० स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत ( जस्तै ५० किलो चामल र ५ किलो दाल ) उपलब्ध गराउने। राहत सङ्कलन तथा वितरणलाई संस्थागत गर्ने।

११ यो विषम परिस्थितिमा सङ्क्रमित तथा सङक्रमित परिवारलाई सक्दो सहयोग गरौँ। मानवताको उच्च उदाहरण बनौँ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्