राष्ट्रिय सभा सदस्यपदको उम्मेदवारलाई चुनाव चिह्न प्रदान – Kanika Khabar
Friday, March 29Nepali News Portal

राष्ट्रिय सभा सदस्यपदको उम्मेदवारलाई चुनाव चिह्न प्रदान

    मा प्रकाशित

बैशाख २९, काठमाडौँ ।
राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ । राष्ट्रिय सभा अन्तर्गत वाग्मती प्रदेशतर्फको रिक्त रहेका सदस्यपदमा जेठ ६ गते मतदान हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटालाई कलम चुनाव चिह्न प्रदान गरिएको छ ।

देवकोटालाई स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव चिह्न प्रदान गरिए पनि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको सहयोग रहेको छ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जनामत दाताले मतदान गर्ने छन् । उपनिर्वाचनमा प्रदेशसभाका एक सय १० र स्थानीय तहका २३८ गरी कुल ३४८ मतदाता रहेका छन् । प्रदेश सभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्