स्वास्थ्य प्रणालीले थेग्न गाह्रो छ : चिकित्सक संघ – Kanika Khabar
Friday, April 19Nepali News Portal

स्वास्थ्य प्रणालीले थेग्न गाह्रो छ : चिकित्सक संघ

    मा प्रकाशित

बैशाख २९, काठमाडौँ ।
नेपाल चिकित्सक संघले कोरोना महामारीलाई स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै कोरोनासँगको लडाई जित्न राष्ट्रिय संकल्प सहित सवै एकै ठाउँ उभिन अपील गरेको छ ।

जनताको जीवन रक्षाभन्दा ठुलो मुद्दा अरु हुन सक्दैन, कृपया १ सिंगो राष्ट्र एक ठाँउमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गरौं संघले आज जारी गरेको अपीलमा भनिएको छ । राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, प्रमुख प्रतिपक्ष दल एवं सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाजलगायत सवैलाई अरु सवै छाडेर कोरोना विरुद्धको लडाइमा लाग्न संघले अपील गरेको हो ।

अस्पतालको प्राङ्गणमा भएका कारुणिक दृश्य देख्न विवश भएको भन्दै जनताका यी पीडा र वेदनाभन्दा अन्य विषयहरू प्राथमिकतामा परेकोमा दुःख व्यक्त गर्दै संघले नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि जनताको जीवनभन्दा ठुलो कुरा अरु केही हुन सक्छ ? भनेर प्रश्न गरेको छ । संघले सबैको सहयोगको अपेक्षा गर्दै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेने भन्दै हिम्मत नगुमाउने पनि जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्