निषेधाज्ञाका समयमा बिहे भोज चलाउने बेहुला पक्राउ – Kanika Khabar
Tuesday, June 22Nepali News Portal

निषेधाज्ञाका समयमा बिहे भोज चलाउने बेहुला पक्राउ

    मा प्रकाशित

बैशाख २९, पर्वत ।
जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् । मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहे भोजमा ३०र४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए । प्रहरीले सबै भागेपछि दुई बहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहे भोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्