उद्योग वाणिज्य महासंघमा कोभिड–१९ सहायता केन्द्र स्थापना – Kanika Khabar
Tuesday, June 22Nepali News Portal

उद्योग वाणिज्य महासंघमा कोभिड–१९ सहायता केन्द्र स्थापना

    मा प्रकाशित

काठमाडौँ, वैशाख ३०।

नेपाल उद्योग वाणिज्य महासंघमा मुलुकमा बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले कोभिड–१९ सहायता केन्द्र स्थापना गरिएको छ । महासंघका पदाधिकारी र सम्बद्ध अधिकारीको हालै बसेको बैठकले केन्द्र स्थापना गर्ने निर्णय गरेको महासंघले आज जनाएको छ ।
केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको छ ।

केन्द्रलाई प्रभावकारी बनाउन अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि रामचन्द्र संघई र सौरभ ज्योति, अस्पताल-आइशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रवीन श्रेष्ठ तथा अस्पताल व्यवस्थापनका लागि इ देशबन्धु बस्नेत, बाबुकाजी कार्की र डा केयुर गौतमलाई सम्पर्क व्यक्ति तोकी जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ ।

साथै एम्बुलेन्स-आइशोलेशन केन्द्रका लागि रञ्जितराज आचार्य, औषधि-मेडिकल उपकरणका लागि प्रबलजङ्ग पाण्डे र भक्त हमाल तथा होटल-हवाई यातायातका लागि ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी तोकिएको छ । केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल  (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्पmत सम्पर्क गरी आपूmलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जनाएको छ ।

केन्द्रमा तोकिएको जिम्मेवारीअनुसार सदस्यले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको मागअनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्नुहुनेछ ।
एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत महासंघले यसअघि हेल्लो डाक्टर सञ्चालनमा ल्याई कोरोना संक्रमणमा परेकालाई चिकित्सकबाट स्वास्थ्य परामर्श दिने कार्यको शुरुआत गरिसकेको जनाइएको छ ।    रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्