तुलसीपुर उपमहानगरपालिकाले एकसय अक्सिजन सिलिण्डर खरिद गर्ने – Kanika Khabar
Tuesday, June 22Nepali News Portal

तुलसीपुर उपमहानगरपालिकाले एकसय अक्सिजन सिलिण्डर खरिद गर्ने

    मा प्रकाशित

वैशाख ३०, दाङ/

 दाङको तुलसीपुर उपमहानगरपालिकाले आईसोलेशन सेन्टरकालागि एकसय वटा अक्सिजन सिलिण्डर खरिद गर्ने निर्णय गरेको छ । उपमहानगरपालिका कार्यपालिकाको बुधबारको बैठकले तुलसीपुर आईसोलेशन हस्पिटलकलागि एकसय अक्सिजन सिलिण्डर खरिद गर्ने र पीसीआर जाँचकालागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा ५/५ वटा अक्सिजन सिलिन्डर र २/२ वटा अक्सिजन कन्स्ट्रेटरको व्यबस्थापन गर्ने, अक्सिजन प्लान्ट जडान गर्ने निर्णय भएको छ । त्यस्तै आइसोलेसन हस्पिटल सञ्चालनको लागि १०२ जनाको अस्थायी दरबन्दी स्वीकृत, स्वास्थ्य सामग्री र औषधीको ब्यबस्थापनलगायत यी सबै काम गर्न ५ करोडको कोभिड बिपत प्रतिकार्य कोष स्थापना गर्ने, संघ तथा प्रदेश सरकारलाई कम्तिमा १० करोडको सहयोग गर्न अनुरोध गर्ने, एम्बुलेन्स र सब बहानको व्यबस्थापन गर्ने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्