आज पनि देशभर बदली – Kanika Khabar
Tuesday, June 22Nepali News Portal

आज पनि देशभर बदली

    मा प्रकाशित

काठमाडाैँ, ३० बैशाख ।

देशभरको मौसम बद्ली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । तुलनात्मक रुपमा पश्चिमी क्षेत्रमा अलि धेरै र वाग्मतीसहित प्रदेश एक र दुईमा कम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा विहिवार बिहानैदेखि पानी परेको छ । पश्चिमबाट विकास भएको मौसमी प्रणाली फैलिएर पानी परेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आज(विहिवार) दिउँसो देशका केही ठाउँमा मेघगर्जन रचट्याङसहित पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक\दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश एकका साथै अरु पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य पानी पर्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणाली, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही दिनदेखि मौसम बद्ली हुँदै आएको महाशाखाले जनाएको छ । भोलि (शुक्रवार)देखि मौसममा सुधार हुने सम्भावना देखिएको पनि मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्