पूर्ण र आंशिक गरी ७३ जिल्लामा निषेधाज्ञा – Kanika Khabar
Tuesday, June 22Nepali News Portal

पूर्ण र आंशिक गरी ७३ जिल्लामा निषेधाज्ञा

    मा प्रकाशित

गृह मन्त्रालयका अनुसार कोरोना भाईरस संक्रमणदर र मृत्युदर बढेपछि  यसको रोकथाम तथा नियन्त्रणका लागी ६७ जिल्लामा पुर्ण रुपमा र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ ।भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज(विहिवार) राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुन लागेको मन्त्रालयले बताएको छ । नेपालमा यही बैशाख ७ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरी नियन्त्रणको प्रयास भएको थियो । सरकारले पहाडी क्षेत्रमा दुई सय  र तराई तथा शहरी क्षेत्रमा पाँच सय कोरोना संक्रमितको सक्रिय संख्या पुगेको अवस्थामा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सरोकारवालाहरुको सल्लाह बमोजिम आबश्यकता अनुसार निषेधाज्ञा जारी गर्न सक्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्