दाङकाे नारायणपुर बजार जेठ १ गतेदेखि सिल – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङकाे नारायणपुर बजार जेठ १ गतेदेखि सिल

    मा प्रकाशित

बैशाख ३०, दाङ ।
काेभिड १९ काे महामारी बढ्दै जाँदा भयावह स्थिति सिर्जना भएकाे छ । पछिल्लो चरणमा सङ्क्रमित र मृत्यु दर बढ्दै गएकाे छ ।

काेराेना भाइरसकाे सङ्क्रमण बाक्लिदे जाँदा नारायणपुर उद्योग वाणिज्य संघकाे पहलमा आज बिहीबार छलफल भएकाे छ । आज भएकाे छलफलमा काेभिड १९ काे महामारी न्यूनीकरणका लागि नारायणपुर बजार क्षेत्रलाई जेठ १ गतेदेखि जेठ ७ गतेसम्म पूर्ण रूपमा बन्द गर्ने निर्णय भएकाे छ ।
विहानकाे समयमा सामान किनमेलका लागि बजारमा अत्यधिक भीडभाड बढ्न थालेपछि पूर्ण रूपमा बजार बन्द गर्ने निर्णय गरिएकाे हाे । याे अवधिमा मेडिकल खुला रहने छन् र एग्राेभेट बिहान ११ बजेदेखि दिउँसाे १ बजेसम्म पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाएर खुला रहनेछन् ।

संघका अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा भएकाे छलफलमा वडा नं. १० का अध्यक्ष चित्रबहादुर डाँगी, वडा नं. ८ का अध्यक्ष चन्द्र प्रसाद चाैधरी, वडा नं. ९ का सदस्य पशुपति चाैधरी, नेकपा एमालेका सुदन केसी, नेपाली काङ्ग्रेस वडा नं. १० का इकाइ सभापति देवबहादुर वली, माओवादी केन्द्रका माधप पाण्डे लगायतले धारणा व्यक्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्