३० दिनभित्र विश्वासको मत लिन नसके कस्तो छ संवैधानिक प्रावधान ? – Kanika Khabar
Thursday, March 28Nepali News Portal

३० दिनभित्र विश्वासको मत लिन नसके कस्तो छ संवैधानिक प्रावधान ?

    मा प्रकाशित

बैशाख ३१, दाङ ।
संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदबाट मुक्त भएका थिए । बहुमतको सरकार गठन गर्न हिजो बेलुका ९ बजेसम्मको समयसीमा पाएका दलहरुले बहुमतको सरकार दावी गर्न सकेनन् । कुनै पनि दलहरुले बहुमतको सरकार दावी गर्न नसकेपछि ओली नै तेस्रो कार्यकालका लागि हिजो बेलुकाबाटै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । अब प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिन सक्नुपर्नेछ ।
राष्ट्रपतिको कार्यालयले हिजो बेलुका नै विज्ञप्ति जारी गरी संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा बढी सदस्यहरु भएको दल नेकपा एमालेका संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जनाइएको हो।

संविधान बमोजिम यसरी नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत सिद्ध गर्न नसके सरकार गठनको अर्को प्रक्रिया शुरु हुन्छ ।

त्यसपछि ७६ को उपधारा ५ को बाटो खुला हुन्छ । उपधारा ५ अनुसार सरकार गठन हुन नसके वा त्यस्तो सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिन नसके तत्काल बहाल रहेका प्रधानमन्त्रीले संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले संसद विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्