अब सांसदको टाउका नगनौँ, नागरिकको जीवन रक्षामा लागौंः नेता थापा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

अब सांसदको टाउका नगनौँ, नागरिकको जीवन रक्षामा लागौंः नेता थापा

    मा प्रकाशित

बैशाख ३१, काठमाडौँ ।
प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिने भएकाले अब जनताको जीवन रक्षामा ध्यान दिन नेपाली काँग्रेसका सांसद गगन थापाले आग्रह गर्नुभएको छ । उहाँले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएसँगै अन्य राजनीतिक दाउपेच छाडेर महामारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँ अब कोरोना सङ्क्रमित र सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या घटाउनतिर ध्यान दिन आग्रह गर्नुभएको हो । त्यसका लागि विपक्षी लगाएत सबै राजनितिक दलले सरकारलाई साथ दिनु पर्ने थापाको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्