पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि खेल भोलि हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि खेल भोलि हुने

    मा प्रकाशित

बैशाख ३१, दाङ ।
पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधिका खेल भोलि हुने भएको छ । उपाधिका लागि धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ । धनगढीले पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

हिजो भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई पराजित गर्दै काठमाडौंले उपाधिका लागि धनगढीसँगको भेट सुनिश्चित गरेको हो । काठमाडौंले ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको थियो ।काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गर्नुभयो भने स्टेफेन बिनोङले एक गोल थप्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्