तुलसीपुर मृत बालक घटना :१४ दिनपछि बुझे परिवारले लास – Kanika Khabar
Tuesday, June 22Nepali News Portal

तुलसीपुर मृत बालक घटना :१४ दिनपछि बुझे परिवारले लास

    मा प्रकाशित

बैशाख ३१, दाङ ।
दाङको तुलसीपुरमा मृत भेटिएका बालकको शव १४ दिनपछि आज परिवारले बुझेका छन् । गत बैशाख १८ गते तुलसीपुर ६ स्याउली बजार नजिकै तिन बालकहरु मृत फेला परेको घटना बारे निष्पक्ष अनुसन्धान गर्ने सहमतीमा आफन्तीले शव बुझेका हुन् । घटनाको निष्पक्ष अनुसन्धान गर्ने, तुलसीपुर उपमहानगरपालिकाले पीडित परिवारलाई किरिया खर्च स्वरुप २५ हजार रुपैयाका दरले राहत दिने र थप राहतका लागि राष्ट्रिय दलित आयोगमा सिफारिस गर्ने सहमतिमा मृतक बालकका आफन्तीले १४ दिन पछि शव बुझेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, राष्ट्रिय दलित अयोगका अध्यक्ष देवराज विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंह लगाएतको सहभागितामा पिडित पक्षहरु संग भएको छलफलमा यस्तो सहमती भएको उहाले जानकारी दिनुभयो । यस अघि पिडित पक्षले बालकहरुको हत्या भएको दावी गदै दोषी पत्ता नलाग्दा सम्म शव नबुझने अडान लिएका थिए ।लामो छलफल र प्रयास पछि आफन्तीले शव बुझन मानेका हुन् । घटनाको अनुसन्धान गर्नका लागी प्रहरी निरीक्षक शर्माको नेतृत्वमा एक संयन्त्र गठन गरिएको छ ।

गएको बैशाख १६ गते देखी घरबाट हराएका तुलसीपुर ६ गाइडहर बस्ने ९ बर्षीय सन्दिप परियार, सोहि ठाउँका ६ बर्षीय सुवर्ण परियार र ७ बर्षीय करण परियार स्याउली बजार नजिकै पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेट भएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार भित्र मृत फेला परेका थिए । प्रहरीले उक्त गाडी धनी शान्तीनगर ६ बस्ने यादव गैरे र चालक पदम बस्नेतलाई पक्राउ गरी उनीहरु विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरी आबश्यक अनुसन्धान सुरु गरेको बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्