१ हजार ७ सय ५ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा  – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

१ हजार ७ सय ५ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा 

    मा प्रकाशित

बैशाख ३१, दाङ ।

अहिलेसम्म नेपालमा १ हजार ७ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ३३४ कोरोना संक्रमितको आईसीयूमा र ३७१ को भेन्टिलेटरमा गरी कुल १ हजार ७०५ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९० जना आईसीयूमा र ५५ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १८९

आईसीयूमा र ४० जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ४५२ जना आईसीयूमा र २२० जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ९२ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६४ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा

१०८ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४९ जना आईसीयू र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्