एमालेमा सहमति : विवाद समाधानका लागि कार्यदल गठन गरिने – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

एमालेमा सहमति : विवाद समाधानका लागि कार्यदल गठन गरिने

    मा प्रकाशित

जेठ १, काठमाडौँ ।
नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरिने सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकपछि पत्रकारसंँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताउनुभयो । कार्यदलका सदस्यहरुको नाम सिफारिस गर्ने जिम्मा ओली र नेपाललाई दिने विषयमा सहमति भएको रावलको भनाई छ । छलफलमा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल, रामबहादुर थापा र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी हुनुहुन्थ्यो । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी हुनुभएको थियो ।
हिजो भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरि एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो । त्यहि सहमतिलाई कार्यान्वयन तहमा पु¥याउन दोस्रो तहकासहित नेताहरू छलफलमा जुटेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्