विभिन्न ११देशमा राजदूत नियुक्तिका लागि सिफारिस – Kanika Khabar
Saturday, April 20Nepali News Portal

विभिन्न ११देशमा राजदूत नियुक्तिका लागि सिफारिस

    मा प्रकाशित

जेठ १, काठमाडौँ ।
सरकारले ११ देशमा राजदूत नियुक्ति गर्न लागेको छ।परराष्ट्र मन्त्रालयले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, अस्ट्रिया, इजिप्ट, रुस, म्यान्मार, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि नयाँ राजदूत सिफारिस गरेको हो ।

दक्षिण कोरिया र श्रीलंका ३ वर्षदेखि राजदूतविहीन थिए भने अस्ट्रेलियाका राजदूतलाई कार्यकाल पूरा नहुँदै एक साताअघि मात्रै फिर्ता बोलाइको थियो । परराष्ट्र मन्त्रालयका अनुसार दक्षिण कोरियाका लागि त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) मा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मा, अस्ट्रेलियाका लागि बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजक सुम्निमा तुलाधर, श्रीलंकाका लागि तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसका राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल राजदूतमा सिफारिस भएका छन् ।

यसैगरी अस्ट्रियाका लागि परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ राजदूतमा सिफारिस भएका छन् । यस्तै रुसका लागि रुसी भाषाका ज्ञाता एवं काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत जंगबहादुर चौहान, म्यान्मारका लागि झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला र बहराइनका पूर्वमन्त्री युवराज कार्की राजदूतमा सिफारिस भएका छन् । यस्तै ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरेबियाका लागि मेराज मुसलमान राजदूतमा सिफारिस भएका छन् ।

एक साताअघि मन्त्रिपरिषद्ले सिफारिस गरेका नाम नै संसदीय सुनुवाइ प्रक्रियाका लागि हिजो संसद् सचिवालय पठाइएको परराष्ट्रय मन्त्रालयले जनाएको छ । प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पास भएमा बढीमा एक महिनाभित्र नियुक्ति प्रक्रिया सुरु हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्