भारतमा कोरोना सङ्क्रमणको स्थिति चिन्ताजनक रहेको डब्लूएचओ प्रमुख टेड्रोसको भनाइ – Kanika Khabar
Friday, April 19Nepali News Portal

भारतमा कोरोना सङ्क्रमणको स्थिति चिन्ताजनक रहेको डब्लूएचओ प्रमुख टेड्रोसको भनाइ

    मा प्रकाशित

एजेन्सी ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हनोम घेब्रियसुसले भारतमा कोरोना सङ्क्रमणको स्थिति निकै चिन्ताजनक रहेको बताउनुभएको छ । हिजो संगठनको नियमित कोरोनासम्बन्धी मिडिया ब्रिफिङ्गको क्रममा उहाँले भारतका विभिन्न राज्यमा अहिले पनि कोरोनाको दर कम हुनुको साटो झन् बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभयो ।

डा. टेड्रोसले भारतका विभिन्न राज्यमा अहिलेपनि अस्पतालमा बिरामी भर्नाका लागि पर्याप्त सुविधा नरहेको र मृत्यु हुने क्रम पनि जारी नै रहनु चिन्ताको विषय रहेको उल्लेख गर्नुभयो । उहाँले कोरोनाको दोस्रो लहर पहिलो लहरको तुलनामा बढी खतरनाक र गम्भीर रहेको भन्दै महामारीविरुद्ध लड्नका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गरिरहेको पनि बताउनुभयो ।

भारतमा हजारौंको संख्यामा अक्सिजन कन्सेट्रेटर्स, मोबाइल फील्ड हस्पिटलका लागि टेन्ट, मास्क र अन्य स्वास्थ्य सामग्रीको आपूर्ति गरिरहको भन्दै उहाँले भारतमा अझै पनि निकै चिन्ताजनक अवस्था रहेको बताउनुभयो । डा.टेड्रोसले नेपाल, श्रीलंका, भियतनाम, थाईल्याण्ड र मिस्र जस्ता मुलुकमा कोरोनाको बढ्दो दर चिन्ताको विषय बनेको भन्दै यी मुलुकहरुमा पनि स्वास्थ्य सेवाको अवस्था ठिक नरहेको पनि बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्