भ्रममा नपर्न जसपा नेता राईको अपील : ‘केन्द्रीय समितिले अनुमोदन नगरी दलको नेता चयन हुँदैन’ – Kanika Khabar
Thursday, June 19Nepali News Portal

भ्रममा नपर्न जसपा नेता राईको अपील : ‘केन्द्रीय समितिले अनुमोदन नगरी दलको नेता चयन हुँदैन’

    मा प्रकाशित

शिवु खनाल

दाङ, १ जेठ
जनता समाजवादी पार्टीको संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको भनी सार्वजनिक समाचारको भ्रममा नपर्न पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले अपील गरेका छन् ।

दलको नेता चयनका विधि प्रकृया पूरा नगरी आफूखुशी घोषणा गर्दैमा त्यो वैधानिक नहुने नेता राईले स्पष्ट पारेका छन् । नेता चयनका लागि पुर्व राजपा र पुर्व समाजवादी पार्टीको संसदीय दल समायोजन हुनुपर्ने,समायोजनपछि विधान पारित हुनुपर्ने र सो विधानअनुसार संसदीय दलको नेता केन्द्रीय कार्यकारिणी समितिले पारित गर्नुपर्नेमा ती कुनै प्रकृया पुरा नभएको राईले बताएका छन् ।

विधि प्रकृया पूरा नगरी स्वेच्छाचारी ढंगले आफै घोषणा गरिएको नेताले कानूनी मान्यता नपाउने हुंदा भ्रममा नपर्न पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकमा सांसद समेत रहेका राईले अपील गरेका छन् । पार्टीको महन्थ ठाकुर पक्षले हिजो वैठक बसेर महतोलाई संसदीय दलको नेता चयन गरेको दावी गरेको छ । तर उक्त निर्णयबारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षलाई कुनै जानकारी छैन ।

पार्टीको केन्द्रीय कार्यकारणी समितिममा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षको वहुमत रहेकाले केन्द्रीय समितिले महतोलाई दलको नेता अनुमोदन नगर्ने यादव पक्षको दावी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्