ग्लोबल बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

ग्लोबल बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, १ जेठ
देउखुरी काेराेना विशेष अस्पताललाई ग्लोबल आई.एम.ई. बैंकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । घाेराही र लमही शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायी कार्यक्रम अन्तरगत देउखुरीका चारवटा पालिकाले संचालन गरेको देउखुरी काेराेना विशेष अस्पताललाई सत्तरी हजार मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हाे ।

काेभिड १९ काे दाेस्राे लहर फैलिएसंगै थेगि नसक्ने बिरामीकाे चाप बढ्दै जान थालेपछि र केही दिन अगि लमही अस्पतालका स्वास्थ्यकर्मीले प्लास्टिकको प्रयोग गर्दै सङ्क्रमितलाई उपचार गरेकाे तस्बिर सामाजिक संजालमा बाहिरिएपछि काेभिड अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको ग्लोबल आई.एम.ई. बैंक घाेराही शाखा कार्यालयका कर्जा अधिकृत ध्रुव खनालले जानकारी दिनुभयो ।
डिल्ली राज भुसाल (शाखा प्रबन्धक घोराहीका डिल्लीराज भुषास, शाखा प्रबन्धक लमहीका प्रदिप गाैतमकाे उपस्थिति स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियोे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्