जेठ १, दाङ ।
काेराेना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भई उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नम्वर ४ बस्ने ७० बर्षिय एक पुरुष रहेको व्यवस्थापक दाेेेेर्ण वलीले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएपछि उहा गएको बैशाख २४ गतेदेखि अस्पतालको एचडियु कक्षमा उपचाररत हुनुहुन्थ्यो ।
उहाँको शनिवार दिउँसो मृत्यु भएको हो । यस्तै घोराही १४ का ७४ बर्षिया एक महिलाको पनि शनिवार दिउँसो मृत्यु भएको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिनुभयो । गत बैशाख २१ गतेदेखि उहाँ आईसियु कक्षमा उपचाररत हुनुहुन्थ्यो ।