उवासंघद्वारा १ सय १२ अक्सिजन सिलिन्डर प्रदान – Kanika Khabar
Thursday, April 25Nepali News Portal

उवासंघद्वारा १ सय १२ अक्सिजन सिलिन्डर प्रदान

    मा प्रकाशित

दाङ, १ जेष्ठ ।
दाङ जिल्ला उद्योग बाणिज्य संघले जिल्लाका विभिन्न अस्पताल तथा विरामीलाई १ सय १२ वटा अक्सीजन सिलीण्डर प्रदान गरेको छ ।
संघले थालेको एक हजार रुपैया अभियान अन्तर्गत शनिवार १ सय १२ वटा अक्सिजन सिलिन्डर जिल्लाका विभिन्न अस्पतालाइ प्रदान गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।
सुनसरी बिराटनगर बाट ५ दिनको अनबरत प्रयास पछि रिफिल गरि अक्सिीजन सिलीण्डर ल्याउन सफल भएको संघले जनाएको छ । शनिवार ३० वटा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा, ६० वटा कोरोना विशेष हस्पिटल बेलझुण्डीमा लमही अस्पतालमा १० वटा, शान्तीनगर गापामा ५ वटा, र बाँकी ७ वटा बिरामीलाई उपलब्ध गराएको महासचिव वुढाथोकीले बताए । संघले सबैको सहयोगको कारण नै अक्सीजन सिलीण्डर ल्याउन सफल भएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । आउदा दिनमा पनि सबैको सहयोग रहने अपेक्षा गरिएको उनको भनाइ रहेको छ । संघले यस अघि पनि देशका विभिन्न स्थान वाट अक्सीजन सिलीण्डर ल्याएर प्रदान गरेको थियो । भने जिल्लाका विभिन्न स्थान वाट समेत अक्सीजन सिलीण्डरका लागि पहल गर्दै आएको छ । अक्सिजनको समस्याको कारण विरामीको मृत्यु हुन थाले संगै यस प्रकारको अभियान संघले थालेको थियो । यस प्रकारको समस्या समाधान नहुदा सम्म अभियानलाइ निरन्तरता दिइने अध्यक्ष वुढाथोकी बताउछन् । यस जटिल समयमा सहयोग गर्न समेत सबैमा संघले आग्रह गर्दै यो अभियानमा सहयोग गर्ने दाताहरुलाइ धन्यबाद तथा आभार प्रकट गर्दै संघ नागरिकको र आफ्ना ब्यबसायीको स्वास्थ्य अबस्था बारे सजक र संबेदनशिल रहेको, यस्तो कार्यलाइ दिनरात भोक प्यास नभनी संघका अध्यक्ष पुर्ब अध्यक्ष तथा नि. अध्यक्ष खटिरहेको महासचिब बुढाथोकीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्