अक्सिजनको अभावमा छट्पदाउदैँ कोभिडका बिरामी विभिन्न बाहानामा छेउ लाग्छन् जनप्रतिनिधि – Kanika Khabar
Friday, April 19Nepali News Portal

अक्सिजनको अभावमा छट्पदाउदैँ कोभिडका बिरामी विभिन्न बाहानामा छेउ लाग्छन् जनप्रतिनिधि

    मा प्रकाशित

शिवु खनाल
दाङ, १ जेठ ।
कोरोना भाइरस (कोभिड १९)का बिरामीले अस्पताल भरिभराउ छन् । कोभिड सुरु हुनुभन्दा पहिले दिनभरी घाम तापेर बस्ने एम्बुलेन्स्हरु अहिले बिरामी बोकेर दिनदिनै कुदेको कुदै छन् ।

संक्रमितले अस्पताल भरिभराउ मात्रै नभएर अस्पतालको प्राङ्गणमा बसेर उपचार गराउन बाध्य छन् कोभिडका संङ्क्रमितहरु । अस्पतालभित्र मानिस हिड्ने गल्लीमा पनि ठाउँ खाली छैन । खाली नभएपछि नयाँ संक्रमितले उपचार पाउन मुस्किल जस्तै भएको छ । अक्सिजनको अभाव भएपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन सकेका छैनन् ।

यो हरिबिजोग हो दाङको लमही अस्पतालमा । जसका कारण मृत्युदर उच्च बन्दैछ ।
भनिन्छ स्थानीय सरकार प्रत्येक्ष जनतासंगको सबैभन्दा नजिकैको सरकार हो । यती नजिकै की प्रदेश र संघिय सरकार पनि नजिक हुदैन जनतासंग, त्यती नजिकैको स्थानिय सरकार रे । तर (कोभिड १९) ले गर्दा अस्पतालमा जनताहरु सास फेर्न अक्सिजन नपाएर छट्पटिंदा पनि त्यही स्थानिय सरकारले यस्तो बिसम परिस्थिती र महामारीको बेला विभिन्न बहानामा छेउ लाग्ने गरेको कुरा बाहिरिएको छ ।

कोरोनाको दोस्रो चरण निकै जोखिमपूर्ण रहेको अवस्थामा दाङका अधिकांश अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । अस्पतालमा अक्सिजन नहुँदा बिरामीहरु छटपटाइरहेको र बिरामीका आफन्तहरु अक्सिजनको खोजीमा हिड्दै छन् । कोरोनाका संक्रमितका बिरामी बढेपछि दाङ जिल्लामा अक्सिजनको समस्या परेको हो ।

हामी (कोभिड १९) को महामारीबाट बच्ने बचाउने अभियानमा छाँै । त्यतीमात्रै नभइ हामी संक्रमितको ज्यान बचाउने गरी होमिनुपर्ने बेला आएको छ, भनेर विभिन्न कार्यक्रममा बोल्ने गर्छन् सरकार प्रमुखहरु । तर यो सबै जनताको आँखामा छारो हाल्ने मात्रै काम भएको छ, लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी टंककुमालले भन्नुभयो,–। ‘छोरो कर्ण कुमाल बिरामी भएको करिब चौविस दिनभयो । छातीको एक्सरे गराउनको लागी लमही अस्पतालमा रसिद काटे तर लमहीका मेयर कुलबहादुर केसीले यहाँ होइन दाङ घोराही लैजानुपर्छ । यहाँ गर्न पाइन्न भनेर जवाफ फर्काउनुभयो ।’
‘छोरालाई थप उपचारको लागी बाहिर लैजाने आर्थिक छैन । लकडाउनका कारण साझ विहानको छाक टार्न मुस्किल भएको बेला छोरोलाई उपचारको लागी कहाँ लैजाने ? एक्सरे गराउने मेशिन राखे हुन्छ त भन्दा, मेयर केसीले एक्सरे गराउने मेशिन त दशलाख पर्छ भन्नुभयो, कुमालले भन्नुभयो,–। ‘यस्तो बिसम परिस्थितीको बेलामा कुनै विकासका योजनाको काम बन्द गरेर उक्त मेशिन खरिद गरि लमही अस्पतालमा जडान गरेर जनतालाई सेवा दिन कि चुकिरहेको छ लमही सकरार ? यहाँको स्थानिय सरकार त उहि नै हो । उहाँको हातमा छ सबै । मान्छे मरेर गएपछि त्यो योजना के काम लाग्यो र ?’
समयमा संक्रमितको ज्यान बचाउन हामीले गर्न सक्ने अरू धेरै उपाय होलान्, तर म चाहिं मूल रूपमा ठूला अस्थायी उपचार केन्द्र स्थापना आवश्यक रहेको लमही अस्पतालका सुपरिडेण्डेन डाक्टर रञ्जिता महतोले बताउनुभयो । ‘अहिले पनि यसका लागि काम थाल्न सकिन्छ, केही दिनमै अस्थायी संरचना बनाएर उपचार गरेको उदाहरण छन्, हामीले पनि गर्न नसकिने भन्ने होइन, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले लमही अस्पतालको ईमर्जेन्सीमा आठजना कोभिडका बिरामीहरुको उपाचार भैइरहेको जानकारी दिनुभयो ।
यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही अस्पतालमा रहको पुरानो एक्सरेबाट स्वास्थ्यकर्मीलाई राम्रोसंग रिपोर्ट छुट्याउन गाह्रो भएपछि नयाँ डिजिटल एक्सरे खरिदको प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘लमही अस्पतालमा रहेको एक्सरे पुरनो भैइसकेको छ । अव नया खरिदको प्रक्रियामा छाैैँ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्