काङ्ग्रेसको ३२ जिल्लाबाट क्रियाशील सदस्यता ‘इन्ट्री´ बाँकी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काङ्ग्रेसको ३२ जिल्लाबाट क्रियाशील सदस्यता ‘इन्ट्री´ बाँकी

    मा प्रकाशित

 नेपाली काँग्रेसले आसन्न महाधिवेशनका लागि निर्धारण गरेको समयमा ३२ जिल्लाबाट क्रियाशील सदस्यता ‘इन्ट्री’ हुन सकेको छैन । वैशाख मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणका लागि छुट्याइएको समयावधिमा ४५ जिल्लाबाट मात्रै सदस्यको नामावली सूचीकृत भएको छ । हालसम्म सात लाख ५५ हजार क्रियाशील सदस्यको नामावली सूचीकृत गरिएको काँग्रेसले जनाएको छ ।

क्रियाशील सदस्य टुंग्याउन बाँकी रहेका सबैभन्दा धेरै स्थान प्रदेश २ का छन् । प्रदेश २ का आठवटै जिल्लाले क्रियाशील सदस्यता टुंग्याएर नामावली पठाउन सकेका छैनन् । क्रियाशील र नवीकरण गरी ४५ जिल्लाका ८० स्थानबाट सदस्यको नामावली केन्द्रमा आएको नेपाली काँग्रेसले जानकारी दिएको छ । ४५ जिल्लामा पनि कतिपयले नयाँ क्रियाशील सदस्यको नाम सूचीकृत गर्न सकेका छैनन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्