असानीबाट राँँगा चाेरसहित मिनी ट्रक पक्राउ प्रहरीको नियन्त्रणमा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

असानीबाट राँँगा चाेरसहित मिनी ट्रक पक्राउ प्रहरीको नियन्त्रणमा

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, २ जेठ
गएराती बठनिया खाेला गाउँबाट राँँगा चाेरेर पूर्वपश्चिम राजमार्ग लमही काेहलपुर सडक खण्ड असानिमा लाेड गर्दा गर्दै केहि राङ्गा चाेर सहित मिनि ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाेरले लमही नगरपालिका वडा नम्बर ८ बठिनिया खाेला गाउँबाट नारायण चाैधरी, शिवलाल चाैधरी, प्रकाश चाैधरी र रमेश चाैधरीकाे घरबाट सातवटा राङ्गा चाेरेर असानि गाउँ स्थिति बा ३ ख १०४९ नम्बरको मिनि ट्रकमा लाेड गर्दा गर्दै केहि व्यक्ति राङ्गा चाेरहरू पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

प्रहरीले राङ्गा चाेरहरूकाे नाम भने अहिले सार्वजनिक गरेको छैन । मिनि ट्रक, चालक र राङ्गा चाेरहरू वडा प्रहरी कार्यालय लमहीकाे नियन्त्रणमा रहेका छन् भने थप अनुसन्धान भैइरहेकाे छ । केही व्यक्ति फरार रहेको बुझिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्