व्यवसायी बुढाथोकीद्वारा त्रिपन्न हजार बराबरको स्वास्थ्य सामग्री सहयोग – Kanika Khabar
Sunday, April 27Nepali News Portal

व्यवसायी बुढाथोकीद्वारा त्रिपन्न हजार बराबरको स्वास्थ्य सामग्री सहयोग

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, २ जेठ
नेपाली कांग्रेस दरूण दलका नगर सभापति तथा सफल युवा व्यवसायी सन्तोष बुढाथोकीले
त्रिपन्न हजार बराबरको स्वास्थ्य सामग्री लमही अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।

आइतवार व्यवसायी बुढाथोकीले पच्चीस सेट पिपि, फेसिल्ड दश पिस र गगल्स दश पिस गरि त्रिपन्न हजार बराबरको स्वास्थ्य सामाग्री लमही अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो ।

लमही अस्पतालका मेडिकल अधिकृत सत्यप्रसाद वैद्य, एमडि.जिपि, सुमित प्रजापति, अस्पतालका ल्याब टेक्निसियन शंकरप्रसाद भण्डारी, ल्याब टेक्निसयन हिमाल अाचार्य, शृजन पाैडेल, लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुबास न्याैपाने, लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सनमकुमार पाैडेलकाे उपस्थितिमा बुढाथोकीले स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गर्नुभएकाे थियो ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्