तुलसीपुर उबासघंको पहलमा ४ लाख सहयोग – Kanika Khabar
Thursday, March 28Nepali News Portal

तुलसीपुर उबासघंको पहलमा ४ लाख सहयोग

    मा प्रकाशित

शरद रेग्मी

तुलसीपुर , २ जेष्ठ /

तुलसीपुर उधोग बाणिज्य सघंको अगुवाईमा तुलसीपुरमा उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रोहस्पिटलको ब्यबस्थापनका  लागी झण्डै ४ लाख सहयोग गरेको छ । बाणिज्य सघंको अगुवाईमा आईतबार ४ लाख नगद रुपैया उपमहानगरपालिकालाई हस्तान्त्रण गरेको छ ।

बाणिज्य सघंका महासचिब बिनिल केसिले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई नगद हस्तान्त्रण गर्नु भएको हो । उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रोहस्पिटलको ब्यबस्थापनका लागि डागि परिवारको तर्फबाट नगद सहयोग गर्नुभएको हो । कोभिड बिपद कोषको सहजकर्ता बिमल रिजालको पहलमा सो रकम सकंलन गरिएको हो ।

तुलसीपुर उधोग बाणिज्य सघंले १ लाख ५१ हजार, रोटरि क्लब अफ तुलसीपुर सिटिले ६२ हजार ३ सय रुपैयाँ रोट्रयाक्ट क्लब अफ तुलसीपुरले ६५ हजार ३  सय ६० रुपैयाँ , लायन्स क्लब अफ दाङको तर्फबाट ५१ हजार रुपैयाँ,  तुलसीपुर ट्रेक्टर समितिको तर्फबाट २५ हजार सहयोग प्राप्त भएको तुलसीपुर उधोग बाणिज्य सघंका कोषाध्यक्ष देबबहादुर केसिले जानकारि दिनुभयो ।

सो अबसरमा उपाध्यक्ष ललित जगं शाह, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका पुर्ब अध्यक्ष सचिन पौडेल लगायतको उपस्थिति रहेको थियो । यस्तै उपाध्यक्ष ललित जगं शाहले थप ११ हजार रुपैया बिपद कोषमा सहयोग गर्नुभएको छ । आईतबार मात्रै ४ लाख सहयोग गरेको छौ थप सहयोग उठनेक्रमपनि जारि छ तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले भन्नु भयो । साथै अध्यक्ष चालिसेले आम उधोगी ब्यबसायिहरुमा बिपदको घडिमा सबैले सहयोग गर्नुपर्ने भन्दै सबैलाई सहयोग गर्न अपिल गर्नु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्