२४ घण्टामा १ सय ४५ जनाको मृत्यु – Kanika Khabar
Saturday, June 14Nepali News Portal

२४ घण्टामा १ सय ४५ जनाको मृत्यु

    मा प्रकाशित

जेठ २, दाङ ।
कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १सय४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।२४ घण्टामा ६ हजार ६४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

 

यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६ सय ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्